Bisal Chautari Logo

विद्यार्थीको होस्टेलमै हत्या, विद्यार्थी संगठनद्वारा भत्र्सन

- २८ श्रावण २०७४, शनिबार ०९:४५ मा प्रकाशित


The student murdered at Hostels
विशाल चौतारी समाचार
कञ्चनपुर, २०७४ श्रावण २८ शनिबार । कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थीको आज बिहान होस्टेलमै हत्यापछि सो घटनाको विद्यार्थी संगठनहरुले भत्र्सना गरेका छन् ।
images 101

बझाङ घर भई हाल सिद्धनाथ विज्ञान क्याम्पसमा बिएससी चौथो वर्षमा अध्ययनरत विद्यार्थी डम्बर जाग्रीको घााटी रेटेर हत्या गरेको अवस्थामा होस्टेलको स्टोरमा शव भेटिएको थियो । मृतक जाग्रीले क्याम्पसमा रहेको क्यान्टिनसमेत लिजमा लिएर सञ्चालन गर्दै आएको बुझिएको छ । प्रहरीले प्रारम्भिक चरणमा घटनाबारे सोधपुछ गर्न क्यान्टिनका कारिगरसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।
विभिन्न विद्यार्थी संगठनका नेताहरुले सामाजिक सञ्जालमार्फत घटनाको भत्र्सना गर्र्दै हत्यारा पत्ता लगाई कारबाहीको माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घका केन्ऽीय सदस्य कैलाश चन्दले घटनाप्रति दु:ख व्यक्त गर्दै दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
त्यसैगरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला अध्यक्ष ओम बस्नेतले पनि घटनाको भत्र्सना गरेका छन् । त्यस्तै अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष वीरेन्ऽ विष्टले संगठनका होनहार नेताको हत्याको गहन छानबिन हुनुपर्ने माग गरेका छन् ।
जाग्री नेकपा माओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनमा आबद्ध थिए । हत्याको समयमा होस्टलमा रहेका अन्य विद्यार्थीले घटनाबारे थाहा नभएको बताएका छन् । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको छ । रासस

प्रतिक्रिया