Bisal Chautari Logo

सिरियाली विद्रोही समूहले रुसी युद्धक विमान खसाले

- २१ माघ २०७४, आईतवार ११:०६ मा प्रकाशित


The Syrian rebels rebelled against a Russian war plan
विशाल चैतारी समाचार
काठमाडौं, २०७४ माघ २१ आइतबार । सिरियाली विद्रोही समूहले रुसको एक युद्धक विमानमा हमला गरेको समाचार छ ।
                                                                                                                        फाइल फोटो

उक्त विमानलाई उनीहरुले आक्रमण गरेपछि विमानले अकस्मात अवतरण गरेको थियो । विमानलाई अस्त्र आक्रमणबाट झारेपछि त्यस विमानका चालकको केही समय उक्त सशस्त्र समूहसँग झडप परेको थियो ।
सशस्त्र समूहका सदस्यहरुमध्ये कतिपयले ती चालकलाई नियन्त्रणमा लिन खोजेका थिए भने केहीले आक्रमण गरेका थिए । तर झडपकै क्रममा उनको ज्यान गएको थियो । उनीहरुले झडप गरेको र पछि चालक मारिएको तस्विर पनि सामाजिक सञ्जालमा राखिएको थियो ।
बृटिश स्काई टिभीले भनेको छ– उक्त विमानले सिरियाली उत्तरपश्चिमी क्षेत्र इडलिबमा क्षेप्यास्त्र हान्ने योजना बनाएको थियो । सो सूचनापछि विद्रोहीहरुको समूहले उक्त विमानलाई नै तारो बनाएको थियो ।
इडलिबमा विगतका केही महिनादेखि नै रुसी विमानले आक्रमण गर्ने गरेको छ । उक्त विमानले पनि क्षेप्यास्त्र हान्ने तयारी गरेको थियो ।् सो क्षेत्रमा दुई वर्षमात्र अघि पनि विद्रोहीहरुले नै टर्कीको एक युद्धक विमानमाथि हमला गरेर खसालिदिएका थिए । विमान सिरियाली सरकारी सेनाले नै खसालेको भनी टर्कीले दाबी गरेपछि सिरिया र टर्कीबीच सम्बन्ध विग्रिएको थियो ।
रुसी रक्षामन्त्रालयले शनिबार भएको रुसी विमानमाथिको हमलाको पुष्टी गरेको छ । उसले सिरियाली विद्रोहीले हमला गरी रुसी विमान खसालेको र त्यसमा रहेका विमान चालकको पनि निधन भएको बताएको छ । घातक रासायनिक हतियार प्रयोग गरिएको छैन ।

प्रतिक्रिया