Bisal Chautari Logo

त्रिशूली नदीमा ट्रक खस्यो

- २६ भाद्र २०७४, सोमबार ०९:५२ मा प्रकाशित


The truck fell on the Trishuli River
विशाल चौतारी समाचार
चितवन, २०७४ भाद्र २६ सोमबार। नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक आज बिहान त्रिशूली नदीमा खस्दा एकजना घाइते भएका छन् ।

फाइल फोटो

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गैँडाकोटबाट बियर बोकेर काठमाडौँ जाँदै गरेको ना५ख ७२९७ नंको ट्रक इच्छाकामना गाउँपालिका–६ जलबिरेबाट त्रिशूलीमा खसेको हो । ट्रक त्रिशूलीमा खस्दा चालक मकवानपुरको हाँडीखोला बस्ने ३० वर्षीय उज्ज्वल कँडेल घाइते हुनुभएको र उहाँको स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ ।
चालक हाम फालेर बाँचेको भए पनि बियरसहितको ट्रक बेपत्ता भएको प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए। रासस

प्रतिक्रिया