Bisal Chautari Logo

हराएको बुबा खोज्न आएकी युवतीले गेष्टहाउसको पैसा तिर्न नसकेपछि ग्राहकहरुसँग रात बिताउन बाध्य

- २८ माघ २०७४, आईतवार ०९:१६ मा प्रकाशित


The young man came to find a lost father
विशाल चैतारी समाचार
काठमाडौँ, २०७४ माघ २८ आइतबार । कलंकीस्थित पशुपति गेष्टहाउसमा रेश्मा (नाम परिवर्तन) बसेर हराएको बुबा खोज्न थालेकी हुन् । दिनभर राजधानीका विभिन्न ठाउँमा भौंतारिँदै बुबाको खोजी गरि बेलुका गेष्टहाउसमा आउछिन् ।

फाइल फोटो

रेश्मासंग तिर्नका लागि पैसा नभएकोले गेष्टहाउसका सञ्चालकले उनलाई कोठा र खानाको बिल तिर्न नत्र होटल छाड्न भनेको हो । होटलका सञ्चालकले उनीसँग पैषा नभएपछि ग्राहकहरुसँग रात बिताउने एउटा प्रस्ताव राखियो । उनीसंग अरु केही उपाए नभएपछि उक्त प्रस्ताव स्वीकार गर्न बाध्य भइन्। रेश्माले २ हजार पाउने र होटल मालिकलाई १ हजार बुझाउनुपर्ने सर्त बन्यो।होटलमा बसेको भाडा भन्दै सबै पैसा सञ्चालकले आफैं राख्थे।
उनलाई दुई महिनादेखि होटलमै बन्धक बनाएर वेश्यावृत्तिमा लगाइएको हो । केही दिनअघि सो गेष्टहाउसमा एक व्यक्तिको मोबाइल चोरी भएको हुदा गेष्टहाउसमै बस्ने व्यक्तिले चोरी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि प्रहरीले गेष्टहाउसमा अनुसन्धान अघि बढाएको हो।
सोही क्रममा लामो समयदेखि गेष्टहाउसमा बस्दै आएकी युवतीलाई पनि प्रहरीले सोधपुछको क्रममा वेश्यावृत्तिको धन्दा खुलेको डिएसपी क्षेत्रीले जनाए । घटना प्रहरीले थाहा पाएपछि होटल सञ्चालक ज्ञानदीप अधिकारीलाई बुधबार महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको छ। उनलाई मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाइएको कालिमाटी वृत्तका डिएसपी प्रदीपकुमार क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया