Bisal Chautari Logo

बगैँचामा युवकको शव भेटियो

- ७ फाल्गुन २०७४, सोमबार ११:१४ मा प्रकाशित


The young man was found in the garden
विशाल चौतारी समाचार
सिरहा , २०७४ फाल्गुन ७ गते सोमबार । धनगढीमाई नगरपालिका श्यामपुरको आँपको बगैँचामा एक युवकको शव भेटिएको छ । धनगढीमाई नगरपालिका –१२, सिमरटोकी घर भई हाल लहान नगरपालिका –२४। डाँडाँटोल बस्दै आएका ३० वर्षीय जोगी सदायको शव स्थानीय सागर मगरको बगैँचामा भेटिएको हो ।
मदिराले लठ्ठिएर आइतबार अपरान्ह घरबाट बजार जान्छु भन्दै हिँडेका सदाको शव सोमबार अपरान्ह भेटिएको प्रहरीले जनाएको छ ।
शवको प्रकृति हेर्दा हत्या गरी फालिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घाँटीमा डाम देखिएकोले उनको हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताए । सदायको शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएको छ ।

प्रतिक्रिया