Bisal Chautari Logo

असई रेशम खड्का तीनलाख घुससहित पक्राउ

- ८ माघ २०७४, सोमबार १२:०९ मा प्रकाशित


Police arrest Asahi silk Khadka
विशाल चैतारी समाचार
काठमाडौ, २०७४ माघ ०८ सोमबार । महानगरीय प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रेशम खड्का तीनलाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले प्रहरी सहायक निरीक्षक खड्कालाई बालाजुबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक ९असई० तीनलाख घुससहित पक्राउ परेका छन् । असई खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले सोमबार बालाजुबाट पक्राउ गरेको हो ।
बुटवलमा कार्यरत रहँदा असई खड्काले लेनदेन ब्यवहारको कागज बनाइदिन सहयोग गरेको र त्यसबापत तीनलाख घुस रकम मागेपछि नियन्त्रण लिइएको अख्तियारले जनाएको छ ।
असई खड्का बुटवलमा कार्यरत रहँदा त्यहाँ लेनदेनको ब्यवहारका लागि एक करोड ३० लाखको कागज बनाइदिने काममा सहयोग गरेको र त्यो कागज आफैंले राखेर अहिले फिर्ता गर्न तीनलाख मागेको खुल्न आएको छ ।
कागज फिर्ता गर्नका लागि रकम मागेपछि पीडितले असई खड्का बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए । खड्का प्रहरी परिचालन कक्ष कन्ट्रोल शाखामा कार्यरत थिए ।

प्रतिक्रिया