Bisal Chautari Logo

प्रिमियरमा रुचाइयो ‘तिमीसँग’ ( फोटो फिचर तथा भिडियो सहित)

- २२ चैत्र २०७४, बिहीबार ११:२० मा प्रकाशित


timi sanga movie premiere samragyee rl shah, najir hussain
विशाल चौतारी समाचार
तस्बिर तथा भिडियो : बिशाल राई
काठमाडौं, २०७४ चैत २२, बिहिबार । अभिनेता आकाश श्रेष्ठ, नाजिर हुसेन र अभिनेत्री राज्यलक्ष्मी राज्य लक्ष्मि अभिनित चलचित्र ‘तिमीसाग’ को प्रिमियर शो गरिएको छ । बुधवार सााझ राजधानीको कुमार हलमा आयोजना भएको प्रिमियरमा दिउासैदेखि परिरहेको पानीका कारण रौनकता नदेखिए पनि चलचित्रकर्मी र पत्रकारको उपस्थिति भने बाक्लो थियो ।


यही शुक्रबारबाट रिलिज हुन लागेको फिल्म हेरिपछि अधिकांश चलचित्रकर्मीले चलचित्र राम्रो बनेको प्रतिकृया दिए । प्रिमियरमा फिल्म हेरिसके पश्चात् अधिकांश चलचित्रकर्मीले अभिनेता नाजिरको अभिनयको तारिफ गरे । आकाश र साम्राज्ञीको जोडीपनि फिल्म हेरीसकेका दर्शकहरुले सुहाएको प्रतिकृया दिए । अभिनेत्री करिश्मा मानन्धरले ‘पैसा असुल फिल्म’ भन्दै ‘तिमीसाग’ को तारिफ गरिन् ।
प्रिमियरमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता नाजिर हुसेनको जोडी तर्फ सबैका आाखा अडिएका थिए । झमझम परिरहेको पानीमा पनि साम्राज्ञीको हट पहिरनले प्रिमियर माहोल तताएको थियो ।
चलचित्रकर्मी तथा पत्रकारहरुको प्रतिक्रिया सुनेपछि साम्राज्ञी, नाजिर र निर्देशक शिशिर राणा निकै उत्साहित देखिए । साम्राज्ञीले भनिन्,‘‘यत्रो महिना गरेको मिहिनेत र दु:ख आजको प्रतिक्रिया सुनेपछि सबै भुलो । आकाशलाई आज धेरै मिस गरिरहेकी छु ।’ यस्तै, नाजिर पनि ‘तिमीसाग’ ले प्रिमियरमा उपस्थित सबैको मन जितेकोमा खुसी देखिए । नाजिरले भने ‘फिल्म हेरीररहदा सबैले म तिर हेरेपछि मलाई चाही लाग लागेको थियो ।’
अभिनेता आकाश श्रेष्ठ आफू अभिनीत फिल्म ‘रामकहानी’ को छायांकनका लागि राजधानी बाहिर भएका कारण ‘तिमीसाग’ को प्रिमियरमा उपस्थित हुन सकेनन् ।
यूकेबाट घुम्न आएकी साम्राज्ञीका गाइड हुन्छन् आकाश । नाजिर भने हजुरबुबाको एउटा चिठी र्पुयाउन हिाडेका हुन्छन् । यीनै तीन पात्रको वरिपरि फिल्म रुमलिएको छ । निर्देशक शिशिर राणा निर्दे्शित तथा निर्मित यस फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ । शिशिर राणा, साकार ओझा, समुन्ऽ उप्रेती र सुशिल क्षेत्रीको पटकथा फिल्ममा छ ।


nepali movie timi sanga movie premiere

प्रतिक्रिया