Bisal Chautari Logo

ट्रक र मोटरसाइकल ठोकिँदा दुईको मृत्यु

- ६ मंसिर २०७४, बुधबार ०८:१४ मा प्रकाशित


Two died while truck and motorcycle collapsed
विशाल चौतारी समाचार
इलाम, २०७४ मंसिर ०६ बुधवार । मेचीराजमार्गअन्तर्गत इलामको फिक्कलमा ट्रक र मोटरसाइकल एक आपसका ठोक्किँदा आज दुई जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा तनहुँ ब्यास नगरपालिका– १ का २७ वर्षीय .शरद पौडेल र इलाम देउमाई नगरपालिका– ५ का २५ वर्षीय अस्मिता राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
इलामबाट झापातर्फ गइरहेको मे १ ख १९४२ नं को ट्रक विपरित दिसाबाट आइरहेकोे ग १२ प ४८३ नम्बरको मोटरसाइकल ट्रकमा ठक्कर दिदाँ मोटरसाइकल चालक पौडेलको घटनास्थलमै र सँगै रहेकी राईको उपचारका लागि झापातर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि अनुसन्धानका लागि ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया