Bisal Chautari Logo

संसारकै अभागी, डिभी परेर अमेरीका जान अन्तर्वार्ता दिइरहेका बेला दूतावासबाटै पक्राउ

- ६ मंसिर २०७४, बुधबार ०८:५३ मा प्रकाशित


Two people were arrested when interviewing
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ मंसिर ०६ बुधवार । डिभी परेर अमेरिका जानका लागि अन्तरर्वार्ता दिइरहेको बेलामा दुई जना पक्रउ परेको छ । सिन्धुली तिनपाटन ४ का ३५ वर्षीय रूद्रबहादुर मोक्तान र ताप्लेजुङ खेवाङ ३ का ३८ वर्षीय भुवानी प्रसाद भट्टराई पक्रउ परेको हो ।

अन्तर्वार्ता दिइरहेका बेला महानगरीय अपराध महाशाखाबाट खटेको प्रहरी निरीक्षक रोशन खड्का नेतृत्वको टोलीले पक्राउ गरेको हो ।
उनीहरुले एक बर्ष अगाडी डिभी भरेका थिए । नभन्दै डिभी र्पयो। फस्ट लेटर आयो, डकुमेन्टहरू नेपालस्थित अमेरिकन दूतावासमा पेश गरे । केही महिनापछि सेकेन्ड लेटर पनि आयो। अन्तर्वार्ता दिन उनलाई सोमबार दूतावासमा बोलाइएको थियो।
दूतावासमा उनीहरुले पेश गरेको प्लस टुको प्रमाणपत्र नक्कली थियो। उनीहरूले पेश गरेको शैक्षिक कागजात नक्कली भएको पुष्टी दूतावासले गरेपछि प्रहरीलाई खबर गरेको थियो।
मोक्तान र भट्टराईसहित उनको कागजात बनाउन सहयोग गर्ने अन्य ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। आठै जनालाई महानगरीय अपराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
कालिकोटका विशाल जंग कार्की, सुनसरीका सुरेश शाही, अभय पोखरेल, काठमाडौं चण्डोल घर भइ सेक्युर्ड कन्सल्ट्यान्सीमा काम गर्ने अनिल श्रेष्ठ पनि पक्राउ परेका छन् ।
त्यस्तै काभ्रेका देवराज तामाङ र काठमाडौं मनमैजुका सन्तोष कुमार तिवारीलाई पनि प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउन सहयोग गरेको भन्दै पक्राउ गरेको छ।
डिभी खुल भरेको र परेपछि अमेरिका जान प्लस टु गरेको शैक्षिक प्रमाणपत्र चाहिने भएकाले नक्कली बनाउन दिएको प्रहरीसमक्ष बताएका छन् ।
देबराज योन्जनले रूद्रबहादुरसँग प्रमाणपत्र बनाइदिन्छु भन्दै ३ लाख ५० हजार रुपैयाँ लिएका थिए। पक्राउ परेकाहरू नक्कली कागजात बनाउने २ वटा गिरोह रहेको एसएसपी दिवेश लोहनीले जानकारी दिए।

प्रतिक्रिया