Bisal Chautari Logo

मलेसियामा जारी यू–१९ एसिया कपमा भारतमाथि नेपालको ऐतिहासिक जित

- २६ कार्तिक २०७४, आईतवार ०९:४२ मा प्रकाशित


U-9 Nepal’s victory over India
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २६ आइतवार । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको खेलमा भारत माथि नेपालले ऐतिहासिक जित हासिल गरेको छ। यू–१९ एसिया कप अन्तर्गत दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो।
कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शन तथा बलरहरुको उत्कृष्ट प्रदर्शन गरे । १८६ रनको लक्ष्य पछ्याएको भारतलाई १६६ रनमा अलआउट गर्दै नेपालले शानदार जित निकालेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित ५० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको हो। नेपालका लागि कप्तान दीपेन्द्रले ब्याटिङमा ८८ रन बनाए भने १८५ रन डिफेण्ड गर्न ४ विकेट पनि झारे।
नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वा्धिक ८८ रन बनाए। १०० बल खेलेका ऐरीले ६ चौका र २ छक्का प्रहार गरे। यस्तै ओपनर जितेन्द्र सिंहले ३६ तथा भिम शार्कीले १५ रन जोडे भने बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। सन्दीप लामिछाने ९, किशोर महतो ७ रनमा नटआउट रहे। भारतका आदित्य थकारे र अभिषेक शर्माले २/२ विकेट लिए।

प्रतिक्रिया