Bisal Chautari Logo

उत्सवसंग सुस्मिताले गरिन् आत्मालोचना

- १४ श्रावण २०७४, शनिबार १३:११ मा प्रकाशित


utsav rasaili and Sushmita KC news
विशाल चौतारी समाचार
पोखरा, २०७४ श्रावण १४ शिनिबार । रंग पत्रकार उत्सव रसाइलीसाग नायिका तथा निर्मात्री सुस्मिता केसीले गल्ती भएको भन्दै आत्मालोचना गरेकी छिन् । सामाजिक संजाल फेसबुकमा गाली गलौज गरेको र फोनमा धम्की दिएको भन्दै अपराध महाशाखा, टेकुमा पत्रकार रसाइलीले उजुरी दिएका थिए ।
Sushmita KC and utsav rasaili issue press releseबिहिबार सुस्मिता अपराध महाशाखामा पुगेकी थिइन् । उनले, गल्ती भएको भन्दै लिखित रुपमा आत्मालोचना गरेकी हुन् । साथै, उनले आउने दिनमा सामाजिक संजालमा रसाइलीलाई कुनै पनि खालको गाली गलौज र बेइजत नगर्ने लिखित रुपमै प्रतिवद्धता जनाएकी छिन् ।
सामाजिक संजालमा ‘बैनी उर्फ भाइ’ भन्दै लैंगियतामाथि नै प्रश्न उठाएको र ‘रसाइली भनेको कुन जात हो ?’ भनेर सोधेकी सुस्मिताले फोन गरेर ‘तेरो बाउको बिहे देखाइदिन्छु’ भन्दै धम्क्याएकी थिइन् । यसपछि, रसाइली आफ्नो ज्यानको सुरक्षा पाउ भन्दै अपराध महाशाखामा पुगेका थिए ।

यो पनि पढ्नुहोस् : 

पत्रकार उत्सवलाई सुस्मिताले दिएको धम्कीप्रती चलचित्र पत्रकार संघद्वारा भ्रत्सना

प्रतिक्रिया