Bisal Chautari Logo

उत्तमजङको ‘रिति’ विमोचित, कार्यक्रममा सेलिव्रेटिको भिड (भिडियोसहित)

- १३ माघ २०७३, बिहीबार ०९:३३ मा प्रकाशित


Uttam Jung Limbu album riti Ft. Alisha Rai and Nirajan Pradhan
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७३ माघ १३ बिहिबार । गायक तथा संगीतकार उत्तमजंङ लिम्बू लावती गीति एल्बम ‘रीति’ सहित दर्शकमाझ आएका छन् । गायनसँगै संगीतमा समेत आफूलाई अगाडि बढाइरहेका उत्तमको ‘रीति’लाई बुधबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरिएको हो ।
Uttam Jung Limbu album riti Ft. Alisha Rai and Nirajan Pradhan (2)एल्बमको संगीतकार शान्तिराम राई ताराप्रकाश लिम्बू, पारस मुकारुङ, गायक दीपक लिम्बू, तुलसी पराजुली, भीषण मुकारुङ र गायन सयंमले संयुक्त रुपमा सार्वजनिक गरे ।
एल्बम विमोचन समारोहमा नेपाली साङ्गीतिक क्षेत्रका हस्तिहरुको बाक्लो उपस्थिती रहेको थियो । उत्तमजङलाई बधाइ दिन संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, वरिष्ठ संगीतकार सुरेश अधिकारी, गायक रेवत राई, गीतकार राम रेप्चुङ लगायत धेरै सेलिव्रेटिहरु उपस्थित रहेका थिए ।
Uttam Jung Limbu album riti Ft. Alisha Rai and Nirajan Pradhanकार्यक्रममा बोल्दै प्राज्ञ तथा संगीतकार शान्तिराम राईले उत्तमजङको गायन र संगीत सिर्जनाको तारिफ गरे । उनले भने, ‘उत्तमजंङ नेपाली सांगीतिक क्षेत्रका लागि उक्तम व्यक्तित्व हुन् । उनी गायनमा जति अब्बल छन् संगीतमा पनि उत्ति नै ।’ पहिलो गायन रियालिटी शो ‘खोजी प्रतिभाको’बाट नेपाली गायनमा उदाएका उत्तमजङले तीन दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेका छन् भने आधा दर्जन चलचित्रमा संगीतसमेत गरिसकेका छन् । ‘रिति’ उनको तेस्रो एल्बम हो । जसमा उत्तमजंगकै स्वर, संगीत र शब्दरचना रहेको छ ।
Uttam Jung Limbu album riti Ft. Alisha Rai and Nirajan Pradhan (4)‘रीति’ सार्वजनिक गरेपछि गायन तथा संगीतका उत्तमजङले भने, ‘यो गीत मेरो यसअघिका भन्दा केही फरक छ । यो गीत स्टेजलाई लक्षित गरेर तयार गरेको हु ।’
कार्यक्रममा ‘रीति’ भित्र समावेश ‘मार्‍यौनि निरमाया’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । हरी हुमागाईले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा अलिशा राई, निराजन प्रधान र सुरेनले अभिनय गरेका छन् । डान्सिङ बिटको उक्त गीतको भिडियोका लागि गम्भीर विष्टले कोरियोग्राफी गरेका छन् भने छायांकन उत्तम हुमागाई र सम्पादन निशान घिमिरेको रहेको छ । जुन गीतको भिडियोलाई यु–ट्युबमा समेत बुधबारै रिलिज गरिएको छ ।

Uttam Jung Limbu album riti Ft. Alisha Rai and Nirajan Pradhan (3)

Uttam Jung Limbu album riti Ft. Alisha Rai and Nirajan Pradhan (1)

Uttam Jung Limbu album riti Ft. Alisha Rai and Nirajan Pradhan (5)

Mareu Ni Nirmaya – Uttam Jung Limbu Ft. Alisha Rai and Nirajan Pradhan | New Nepali Pop Song 2017

प्रतिक्रिया