Bisal Chautari Logo

गोलभेंडाको युद्ध, १ सय ६५ टन गोलभेंडा हानाहान (फोटोफिचर)

- १५ भाद्र २०७४, बिहीबार १०:३० मा प्रकाशित


war of tamatos
एजेन्सी
काठमाडौँ, २०७४ भाद्र १५ बिहिबार । स्पेनमा वार्षिक गोलभेंडा युद्ध पर्व सम्पन्न भएको छ । भ्यालेन्सियाभन्दा २५ माइल पश्चिममा रहेको बुनोल सहरमा हरेक वर्ष अगष्ट महिनाको अन्तिम बुधबार ला टोम्याटिना नामक गोलभेंडा युद्ध पर्व मनाइन्छ । यो पटकको गोलभेंडा युद्ध पर्व चाहिँ विशेष रह्यो ।
किनकि यो गोलभेंडा लडाइँ पर्वले यसपटक विश्वकीर्तिमान कायम गरेको छ, विश्वको सबैभन्दा ठूलो खानेकुरा लडाइँ खेलको रुपमा ।
पर्वमा १ सय ६५ टन पाकेका गोलभेंडा एक आपसमा फ्याँकिएको छ । झण्डै २२ हजार मानिस गोलभेंडा युद्धमा सहभागी भएका छन् । जसमध्ये १७ हजार त पर्यटक नै थिए ।
गोलभेंडा युद्धका लागि भनेर सहरमा ६ वटा ठूला ट्रकमा ३६ हजार युरोका गोलभेंडा खरिद गरिएको थियो ।
ती गोलभेंडालाई गोलभेंडा युद्ध हुने प्लाजा लायाना चोकमा अर्को सानो ट्रकले ओसारेको थियो । हेर्नुहोस गोलभेंडा युद्ध

प्रतिक्रिया