Bisal Chautari Logo

माधव नेपाल, विमलेन्द्र निधि, राजेन्द्र महतो लगायतका नेताले कहाँ गरे मतदान?

- २ आश्विन २०७४, सोमबार ०६:२२ मा प्रकाशित


Where did the leaders vote?
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २ सोमबार । प्रदेश नम्बर २ मा तेस्रो चरणको स्थानीय तहको निर्वाचन बिहान ७ बजेदेखि जारी छ। विभिन्न राजनीतिक दलका नेतादेखि सर्वसाधारण मतदाताले उत्साहपूर्वक मतदान गरिरहेका छन्। सबै शीर्ष नेताहरुले आ–आफ्नो ठाउँबाट मतदान गरेकाछन् ।
कुन नेताले कहाँ मतदान गरे?
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–२ स्थित जुद्ध माविमा रहेको मतदान केन्द्रमा गएर मतदान गरेका छन्।
नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले सिरहाको सिरहा नगरपालिका १५ सुखसैना केन्द्रमा गएर भोट खसालेकी छन् ।
निर्वाचनको लागि धनुषा पुगेका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधिले नगराइन नगरपालिका २ स्थित राजेश्वर उच्च माविमा पुगेर भोट खसालेका छन््।
स्वाथ्यमन्त्री गिरिराजमणि पोखरेललेले बर्दिबास नगरपालिका–३, गौरीडाँडा मतदान केन्द्रबाट भोट खसालेका छन्।
राष्ट्रिय जनता पार्टिका अध्यक्ष राजेन्द्र महतोले चन्द्रनगर नगरपालिका २ स्थित जनता उच्च माविमा रहेको मतदान केन्द्रमा मत हालेका छन्।

प्रतिक्रिया