Bisal Chautari Logo

विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलमा शक्ति गौचन अटाएन(को–को छन् टालीमा)

- २२ भाद्र २०७४, बिहीबार १२:१८ मा प्रकाशित


World Cricket Championships game
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र २२ विहिबार। विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत हङकङविरुद्ध हुने खेलमा नेपाली टोलीका भेट्रान स्पिनर शक्ति गौचनले नखेल्ने भएका छन् ।
बुधबार पारस खड्काको नेतृत्वमा १८ सदस्यीय नेपाली टोलीको घोषणा गर्दा शक्ति अटाएनन् । उनले झण्डै डेढ महिनादेखि पायल्सको समस्या भोगीरहेका छन् । ठीक हुन अझै डेढ दुई हप्ता लाग्ने भएकाले सल्लाह गरेर नै टिममा नबसेको हो बताए
पूर्ण फिट नहुँदा नहुँदै खेल्दा राम्रो प्रदर्शन गर्न गाह्रो हुने र समस्या बढेमा भोलि आउने अवसरलाई पनि सदुपयोग गर्न नसक्ने अवस्था आउने सक्ने भएकाले पनि हङकङविरुद्ध नखेल्ने निर्णय लिएको उनले बताए ।
बुधबार घोषित नेपाली टोलीको बलिङतर्फ बसन्त र सन्दिपसँगै सुशील कँडेल र सुशन भारी छन् । यस्तै भेट्रान खेलाडी महबुब आलमसँगै टी–२० विश्वकपपछि टोलीमा फर्कन प्रयासरत जितेन्द्र मुखिया पनि अन्तिम १८ मा अटाएका छन् ।
टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सोमपाल कामी, सागर पुन र विनोद भण्डारी छन् । यस्तै करण केसी, नरेश बुढायर, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने पनि टोलीमा परेका छन् ।

प्रतिक्रिया