Bisal Chautari Logo

२०३० को विश्वकप आयोजनाका लागि कुन–कुन देशले गरे दाबी?

- १९ आश्विन २०७४, बिहीबार ०७:३६ मा प्रकाशित


World Cup of 2030
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज १९ बिहिबार । सन २०३० को विश्वकप आयोजनाको दाबी अर्जेन्टिना उरुग्वे र पाराग्वेले गरेका छन् ।
अर्जेन्टिनोको राजधानी बुएनोस आइरेसमा तीन देशका राष्ट्रपतिले विश्वकप आयोजनाको योजना सार्वजनिक गरेका हुन् । यद्यपि बिडिङ प्रक्रिया सुरु हुन अझै केही वर्ष छ ।
२०३० को विश्वकपमा प्रतियोगिता सुरु भएको १०० वर्ष हुनेछ । विश्वकप १९३० मा पहिलो पटक उरुग्वेमा भएको थियो ।
पाराग्वेका राष्ट्रपति होरोसी कार्टेसले बिडिङ तयारीका लागि आगामी नोभेम्बरको पहिलो साता पहिलो बैठक हुने बताए । अरु देश पनि प्रतियोगिता आयोजना गर्न चाहन्छन् । तर उरुग्वेको दाबेदारी बलियो छ, जसले १०० वर्ष मनाउनेछ ।

प्रतिक्रिया