Bisal Chautari Logo

‘जाइरा’को गीत रिलिज || रोमान्टिक जोडी नम्रता र अनुपको किस (भिडियो सहित)

- १२ असार २०७६, बिहीबार १२:३६ मा प्रकाशित


Namrata Shrestha and Anoop Bikram Shahi XIRA Song
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ असाढ १२ बिहिबार ।
भाद्र ६ गतेबाट मुलुकभर प्रदर्शनमा आउन लागेको एक्सन लभस्टोरी जनरामा निर्मित चलचित्र ‘जाइरा’को रोमान्टिक गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता अनुपबिक्रम शाही फिचर्ड छन् । गीतको भिडियोमा नम्रता र अनुपको केमेष्ट्रि जमेको छ । गीतको अन्तिम दृश्यमा भने अनुप र नम्रताको रोमान्टिक किस सिन रहेको छ ।

‘आँखैले बोल्छ’ बोलको गीतमा सन्तोष लामाको गायन छ । कल्याण सिंहको संगीत र रवि मल्लको शब्द छ । गीतको भिडियोमा फिल्मका लिड कलाकार नम्रता श्रेष्ठ र अनुपविक्रम शाही फिचर्ड छन् ।
बिहीबार राजधानीको ठमेलमा रहेको लड क्लबमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गीतमा नम्रता र अनुपले स्टेजमा नृत्य समेत प्रस्तुत गरेका थिए । कोरियोग्राफर गोविन्द शाहीले चार दिन लगाएर दुईलाई स्टेजका लागि नृत्य सिकाएका थिए । स्टेजमा दुईको जोडी कमालको देखिएको थियो । सार्वजनिक गीतले अनुप र नम्रताको प्रेमभाव बोल्छ ।

पर्दामा प्रायः लभर गर्लको भूमिकामा प्रस्तुत हुँदै आएकी अभिनेत्री नम्रताले यस फिल्ममा मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा अभिनय गरेकी छन् । मार्शल आर्ट सिक्न उनले ८ महिना तालिम लिएकी थिइन् । भने, आफ्नो कपाल समेत काटेकी थिइन् । यसका निर्देशक आशुतोष राज श्रेष्ठ हुन् । उनको यो डेब्यू निर्दे्शित फिल्म हो ।
फिल्ममा नम्रता र अनुपसँगै प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव(कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय रहेको छ । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’ का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा फिल्म बनेको हो ।

कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ । भने, द्वन्द्व कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । लोकेश बज्राचार्यले सम्पादन रहेको यस फिल्ममा केशव थापाको नृत्य निर्देशन छ भने डि.ओ.पी. बाबु श्रेष्ठको रहेको छ । अभिनेत्री नम्रताले फिल्म बदलाको कथामा बनेको बताइन् ।

भिडियो हेर्नुहोस् :-

प्रतिक्रिया