Bisal Chautari Logo

भारतीय सेना एउटै बाइकमा ५८ जना चढेर विश्व कीर्तिमान

- ६ मंसिर २०७४, बुधबार ०९:५२ मा प्रकाशित


World record by 58 runs on one bike
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ मंसिर ०६ बुधवार । भारतीय सेनाले एउटा नयाँ कीर्तिमानी कार्य गरेर विश्व कीर्तिमान कायम गरेको छ । इण्डियन आर्मीका ५८ जवानहरु एउटै मोटरसाइकलमा एकैपटकमा चढेर कीर्तिमान राखेका हुन् । बैैैैगलोरको यलाहांकामा रहेको भारतीय वायुसेनाको क्याम्पमा यस्तो कीर्तिमानी कार्य भएको हो ।
५ सय सीसीको रोयल इनफिल्ड मोटरसाइकलमा ५८ जना सैनिकहरु एकैपटकमा चढेर १२ सय मिटर टाढासम्म मोटरसाइकल गुडाएका थिए ।
मोटरसाइकलमा यतिधेरै यात्रुलाई अटाउनका लागि दायाँ–बायाँ दुवैतर्फ टेक्ने ठाउँ जोडिएको थियो । तौल बढी नहोस् भनेर सैनिकले १ सय मिलिमिटर पानी तथा बिस्कुट मात्र खाएका थिए ।

प्रतिक्रिया