Bisal Chautari Logo

About Us

विशाल चौतारी मिडीया प्रा.ली. द्धारा प्रकाशित अनलाइन पत्रिका विशाल चौतारी डटकम


संसार सूचना समाजको रुपमा विकसित हुँदै गइरहेको छ । आजको दुनियाँमा जोसँग बढी सूचना हुन्छ उनै शक्तिशाली ठहरिन्छ । पहिलो र दोस्रो विश्वका मुलुकहरुले सूचना शक्तिकै आधारमा तेस्रो विश्वलाई आफ्नो अधीनमा राख्दै आएको छ । अर्थात, आजको आधुनिक हतियार भनेको सूचना हो । जस्मार्फत शक्तिको सूचक निर्धारण गरिन्छ ।www.bisalchautari .com-1
सूचना संकलनको वैदिक माध्यमलाई पछि पार्दै संसारमा आम सञ्चारका माध्यमहरू विकासमा मात्रै सीमित रहेन । तीव्र विकासमा कुद्यो, कुदिरहेको छ । सन् १९९० पछि नयाँ सूचना माध्यम अर्थात इन्टरनेटको माध्यमबाट पलभरमा विश्वका सूचना संकलन र वितरणको माध्यम विकसित रह्यो । जसको विकासले संसारलाई एउटै घरको रुपमा परिभाषित गरेको छ । 
पश्चिमा देशहरुको तुलनामा धेरै पछाडि आम सञ्चार माध्यमहरू अखबार, रेडियो र टेलिभिजनको विस्तार र विकास भयो । जस्को कारण अहिले पनि कतिपय सन्दर्भमा नेपालले विकसित देशहरुको पत्रकारितामार्फत सूचना आफ्नो जनतासम्म पुर्‍याउँने काम गरिरहेको छ । यी परम्परागत आम सञ्चार माध्यमको तुलनामा अनलाइन पत्रकारिता भने अत्यन्तै तिव्रगतिमा विकास भयो ।www.bisalchautari .com
२०५६ पछि अनलाइन पत्रकारिताको शुरुवात भएको नेपालमा अहिले ठूलो संख्यामा अनलाइन पत्रिकारिताको विकास भइसकेको छ । जसले नेपाली जनताको जान्न पाउँने मौलिक हकलाई सुरक्षित गर्न सहयोग पुगेको छ । तिनै अनलाइन पत्रकारिताको भीडमा भिन्नै प्रस्तुति लिएर आएको अनलाइन मिडिया हो – विशाल चौतारी डटकम । 
यो वेवसाइडले संसारभर रहेका नेपाली तथा आम समुदायसमक्ष समुदायकै तथ्य, सन्तुलित, विश्वनीय र उत्तरदायी सूचनाहरू पलपलमा पुर्‍याउँने प्रतिबद्धताका साथ सञ्चालन हुँदै आएको छ । जसले गीत, संगीत, कला, साहित्य, राजनीति, समाज जस्ता समुदायका विविध पक्षको सूचनालाई कुनै पूर्वाग्रहबिना प्रस्तुत गर्नेछ । यिनै सूचनाको माध्यमबाट नागरिकलाई सशक्त बनाउँदै रंगीन र समृद्ध राष्ट्र निर्माणका लागि विशाल चौतारी डटकम प्रतिबद्ध रहिरहनेछौ ।