Bisal Chautari Logo

चेतन, नारायण र अर्जुनको ‘जय मायाप्रेम’ सार्वजनिक (भिडियो)

- १ चैत्र २०७४, बिहीबार १५:३३ मा प्रकाशित


Narayan Dhital song Daura Upahar Ft Priyanka Karki
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ चैत १, बिहिबार । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै एल्बम ‘जय मायाप्रेम’ सार्वजनिक गरिएको छ । अर्जुन रत्न भिकारीको एकल शब्द , चेतन सापकोटाको एकल संगीत र नारायण धितालको एकल स्वर रहेको एल्बम बजारमा आएको हो । वरिष्ठ कलाकार नीर शाह र नारायण र चेतनका गुरु चन्दन श्रेष्ठको उपस्थितिमा सार्वजनिक गरिएको एल्बममा चार गीत समावेश छन् । ‘दाउरा उपहार’, ‘जरुवाको पानी सार्है मिठो’, ‘बिहे गरी लाने हो’ र ‘चिसो चिसो मन्द मन्दा बतास’ बोलको गीत समावेश यस एल्बमको सम्पूर्ण गीतको भिडियो सार्वजनिक गरिएको छ ।
गीतको भिडियोमा निकेश खड्का , तेन्जु योन्जन र युबराज वाइवाको निर्देशन रहेको छ । गीतहरुमा प्रियंका कार्की , बेनिशा हमाल , सुष्मा अधिकारी , सोनु घर्तिसँगै अर्जुन , नारायण र चेतनले समेत अभिनय गरेका छन् । तिन गीतको छायाँकन हिमाली भेगको मनोरम दृश्यमा गरिएकोछ , जसलाई सुदीप बरालले छायाँकन गरेका छन् ।
एक गीतको छायाँकन उत्तम हुमागाईले गरेका हुन् । गीतलाई क्रमस बजारमा ल्याइने जनाइएको छ । टीमले पहिलो कोसेली स्वरूप दाउरा उपहार बोलको गीत युट्युब मार्फत सार्वजनिक गरेको छ । गीतमा गीतकार अर्जुन रत्न र प्रियंका कार्कीको अभिनय रहेको छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

Daura Upahar – Narayan Dhital Ft Priyanka Karki & Veekaary | New Nepali Song 2018/2074


Song: Daura Upahar
Vocal: Narayan Dhital
Lyrics: Arjunratna Veekary
Music: Chetan Sapkota
Arrange: Maharaj Thapa
Mixing: Kishor Thapa
Studio: A one Musician
Artists: Priyanka Karki & Arjunratna Veekary/Kamal P Shrestha, Shivam Dhital, Keshika Regmi
Camera: Uttam Humagain
Edit: Bikash Dhamala
Direction: Nikesh Khadka

प्रतिक्रिया