Bisal Chautari Logo

च्यारीटि शोमा ‘यारी’ रुचाइयो || पहिलो प्रदर्शनमै चारै शो हाउसफुल (फोटो फिचर सहित)

- १० आश्विन २०७३, सोमबार ०६:४२ मा प्रकाशित


yari nepali movie first showing ft Nirvik rai and Bismita Rai
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७३ असोज १० सोमबार । किरात राई चलचित्र कर्मि सघंको भवन निर्माणको लागी आर्थिक सहयोग संकलन गर्ने उदेश्यका साथ पहिलो चोटी प्रर्दशन भएको चलचित्र ‘यारी’लाई दर्शकहरुले रुचाएका छन् ।
yari-nepali-movie-first-showing-ft-nirvik-rai-and-bismita-raiयुवराज राईको कथा, निर्देशन र छायाङ्कन रहेको सिनेमा गत शनिबार चलचित्र विकाश वोर्डको हलमा प्रथम प्रदर्शन गरिएको चलचित्र ‘यारी’ चार शो देखाइएको थियो । प्रदर्शनको चारै शो हाउसफुल भएको थियो । शनिबारको दिन बिहानैदेखी पानीपरे पनि दर्शकहरु चलचित्र हेर्न विकाश बोर्ड अगाडीको हिलाम्मे बाटोबाट आइरहेका थिए ।

yari-nepali-movie-first-showing-ft-nirvik-rai-and-bismita-rai-2प्राचीन सभ्यतालाई आधुनिकताले गाजेको विषयवस्तुमा प्रस्तुत गरिएको चलचित्रलाई सबै दर्शकहरुले ‘अर्गानिक’ भनेर समिक्षा गरेको पाइयो । चलचित्र हेरेर बाहिर निस्किएका सबै दर्शकहरुको प्रतिक्रियाको बारेमा बोल्दै यस चलचित्रका निर्माता तथा कलाकार प्रविन राईले भने ‘–दर्शकहरुले चलचित्र धेरै राम्रो बनेको बताउनु भयो । चलचित्रमा रोमान्टिक, सेन्टिमेन्टल तथा कमेडीलाई मिलाएर बनाउनु भएको रहेछ, जुन असाध्यै राम्रो लाग्यो, दर्शकहरुको प्रतिक्रया निर्माता तथा कलाकार प्रविनले विशाल चौतारीलाई बताए ।
yari-nepali-movie-first-showing-ft-nirvik-rai-and-bismita-rai-10चलचित्र हेर्नका लागी नेपाली साहित्यका वरिष्ठ कथाकार गायक, संगीतकार एवं कवि गणेश रसिक, वरिष्ठ गीतकार तथा कवी भुपाल राई, प्रज्ञ संगीतकार शान्तिराम राई, संगीतकार पारस मुकारुङ, गायक भिषण मुकारुङ, चलचित्रकर्मी ज्योतिराज राई लगायत उपस्थित रहेका थिए । पुरा चलचित्र हेरेर बाहिर निस्किएका सबै स्रष्ठाहरुले चलचित्र समग्रमा राम्रो बनेको बताए ।
चलचित्रमा मुख्य अभिनेता निर्भिक राई र नव अभिनेत्री विष्मीता राईको जोडीलाई दर्शकहरुले रुचाए । अभिनेता निर्भिक थिएटर कलाकार हुन् । उनले यो भन्दा अगाडी चलचित्र ‘सिमाला’मा मुख्य अभिनेताको रुपमै काम गरिसकेका थिए । उनी चलचित्रसंगै म्युजिक भिडियोमा ब्यास्त रहेका छन् ।
yari-nepali-movie-first-showing-ft-nirvik-rai-and-bismita-rai-6त्यस्तै चलचित्रमा आमाको भुमिकामा देखिएकी थिएटर कलाकार ज्योति राईको अभिनयलाई दर्शकहरुले अत्याधिक रुचाएको पाइयो । त्यस्तै चलचित्रमा प्रवीन राईको हास्य पात्रलाई दर्शकहरुले मज्जाले मनोरञ्जन लिए ।
चलचित्रमा अभिनेता निर्भिक राई र नव अभिनेत्री विष्मीता राई, प्रवीन राई, ज्योति राईसंगै श्याम राई, कल्याण राई, प्रवीण पुमा, दछु राई, जाइका राई, लगायतका कलकारहरूले अभिनय रहेका छ ।
चलचित्रमा प्रवीन राई, उर्मिला राई ‘सरु’, गणेश गिरी र दछु कुमार राईको संयुक्त लगानी रहेको छ । सिलिचुङ प्रा.लि.को व्यानर्सबाट तयार भएको चलचित्रमा भोजपुर जिल्लाको दोभाने, खाटाम्मा, कुदाककाउले गाविस लगायतका ठाउँका विभिन्न धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् पर्यटकीय क्षेत्रहरुको सुन्दर दृश्यहरूको देखाएको छ ।
yari-nepali-movie-first-showing-ft-nirvik-rai-and-bismita-rai-9जनक राईको नृत्य निर्देशन, डक्टर किरात र पदम राईको सङ्गीत, भुपाल राई र चन्द्र रानोहँछाको गीत रहेको छ । भने चलचित्र प्रवीण पुमाको पटकथा एव्म क्रिएटिभ राइटिङ, डिक वान्तावाको सम्वाद र किरणराज थापाको सम्पादन रहेको छ ।

yari-nepali-movie-first-showing-ft-nirvik-rai-and-bismita-rai-4

yari-nepali-movie-first-showing-ft-nirvik-rai-and-bismita-rai-5

yari-nepali-movie-first-showing-ft-nirvik-rai-and-bismita-rai-7

yari-nepali-movie-first-showing-ft-nirvik-rai-and-bismita-rai-8

yari-nepali-movie-first-showing-ft-nirvik-rai-and-bismita-rai-11

yari-nepali-movie-first-showing-ft-nirvik-rai-and-bismita-rai-1

प्रतिक्रिया