Bisal Chautari Logo

चलचित्र ‘काले दाइ’ को गीत सार्वजनिक (भिडियो सहित)

- ६ आश्विन २०७६, सोमबार १४:४४ मा प्रकाशित



Yo Duniya Mero Lagi – “Kale Dai” Nepali Movie 
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ असोज ६ सोमबार ।
दशैंको अवसर पारेर असोज १७ गते रिलिज गर्न लागेको चलचित्र ‘काले दाई’को ‘यो दुनियाँ मेरो लागि’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा ‘नेपाल आइडल’ पहिलो सिजनका प्रतिस्पर्धी सुरज थापाले स्वर भरेका छन् । गीतमा पवनवाङ लामाको सङ्गीत रहेको छ ।

गीतमा इन्द्र रामजाली र गोविन्द श्रेष्ठको शब्द रचना रहेको छ । असोज १७ गते विजया दशमीको छेकोमा देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रेम र जातीय छुवाछुतले प्रेममा निम्ताएको द्वन्द्वको कथा रहेको छ । भने गीतमा पनि त्यसको झल्को देख्न सकिन्छ । चलचित्रमा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोविन्द श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ । नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको ’काले दाइ’ मा इन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायाङ्कन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’ को सम्पादन छ । यसै गरी चलचित्रमा सम्शेर गुरुङ र इन्द्र रामजालीले लगानी गरेका छन् ।

प्रतिक्रिया