Bisal Chautari Logo

श्रीमानले श्रीमतीको आफ्नै भाईसँग बिहे गराई दिएर गाउँ छाडे, कारण यस्तो छ

- ४ पुष २०७४, मंगलवार १०:५६ मा प्रकाशित


Your own brother
एजेन्सी
काठमाडौँ ,२०७४ पुस ४ मंगलवार । श्रीमान् श्रीमती भनेको जीवनका हरेक क्षणमा साथ दिने हो । तर भारतको बिहार राज्यको भागलपुरमा श्रीमानले नै आफ्नी श्रीमतीलाई आफ्नै भाइसँग बिहे गराई दिएर गाउँ छाडेर गएका छन् ।
बिहे गरेर छोराछोरी जन्माइसकेपछि ती श्रीमानलाई छोडेर उनकै साख्खै भाइसँग परिवारकै सहमतिमा बिहे गरेको हो । यहाँको एक परिवारमा भाउजूको देवरसँग प्रेम भएपछि परिवार विभाजित हुनबाट बचाउन दाजुलै नै देवरभाउजुको विवाह गरिदिएका छन् ।
बिहेपछि दाजुले भाइबुहारीलाई आशीर्वाद दिँदै गाउँ छोडेर गएका छन् । उनले आफ्नी छोरी पनि उनीहरूलाई सुम्पिदिएका छन् । बिहेपछि आमाले पनि छोरीलाई अब अंकललाई बाबा भन्नु भनेर सिकाएकी छिन् ।
फिल्मी शैलीको यो घटनामा ३० वर्षका पवन गोस्वामीकी श्रीमती प्रियंका गोस्वामीको आफ्नै देवर साजन गोस्वामीसँग प्रेम भएको थियो । यो सम्बन्ध २ वर्षदेखि चलिरहेको थियो । उनीहरूले भागेर बिहे गर्ने तयारी गरिरहेको कुरा दाजु पवनले थाहा पाएपछि उनीहरूको खुलीको लागि आफैँले दुवैको विवाह गरिदिएका हुन् ।

प्रतिक्रिया