Bisal Chautari Logo

जिम्बावे सेनाको नियन्त्रणमा

- २९ कार्तिक २०७४, बुधबार ०९:१३ मा प्रकाशित


Zimbabwe army control
एजेन्सी
काठमाडौँ, २०७४ कात्तिक २९ बुधवार । आप्रिकी मुलुक जिम्बाबेलाई सेनाले नियन्त्रणमा लिएको छ । सरकारी टीभीलाई नियन्त्रणमा लिएर एक सैनिक प्रबक्ताले जिम्बाबेका राष्ट्रपति रोबर्ट मुकावे समर्थकहरुले ’सामाजिक र आर्थिक अव्यवस्था’ ल्याएकोले सुधारका लागि कदम चाल्न परेको बताएका छन् ।
जिम्बावेको सैनिकले बुधबार बिहानै यहाँका सरकारी सञ्चारमाध्यमहरुका मुख्यालयहरु नियन्त्रणमा लिएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । सडकमा बख्तरबन्द गाडीहरु देखिएको र भारी मात्रमा फायरिङको आवाज सुनिएको बीबीसीले जनाएको छ । सेनाले राष्ट्रपति मुकावे सुरक्षित रहेको उल्लेख गरेपनि कहाँ छन् भन्ने कुरा उल्लेख गरेको छैन ।
यसअघि यहाँको सत्तारुढ दलले सेना प्रमुखले विद्रोहलाई बढावा दिएको आरोप लगाएको थियो । राष्ट्रिय सेनाका प्रमुखले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर सत्तारुढ दलले अपराधी र घुसखोरहरुलाई संरक्षण प्रदान गरेको भन्दै आवश्यक परे सेनाले देशको शासन सत्ता हातमा लिएर शुद्धिकरण अभियान सञ्चालन गर्ने जनाएको थियो ।
सेनाले सैनिक ‘कु’ गरेको कुरा भने अस्वीकार गरेको छ । जिम्बावे बेलायतबाट स्वतन्त्र भएदेखि नै यो देशको राजनीतिलाई ९३ वर्षीय मुगाबेको प्रभावमा रहेको थियो

 

प्रतिक्रिया