Bisal Chautari Logo

अष्ट्रेलियामा फेब्रुअरीबाट कोरोनाविरुद्धको भ्याक्सिन दिइने

- २४ पुष २०७७, शुक्रबार ०९:०६ मा प्रकाशित


एजेन्सि । अष्ट्रेलियामा आउँदो महिनादेखि कोरोनाविरुद्धको भ्याक्सिन दिइने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले आगामी महिनादेखि आमरुपमा कोरोनाविरुद्धको भ्याक्सिन दिइने बताएका हुन् ।

सिड्नी र मेलवर्नका केही ठाउँमा बिहीबार भ्याक्सिन लगाउन सुरु गरिए पनि आमरुपमा फेब्रुअरी महिनाबाट सबै जनतालाई प्रयोग गर्ने जानकारी प्रधानमन्त्री मोरिसनले दिएका हुन् । त्यस्तै, उनले आउँदो मार्च महिनासम्ममा अष्ट्रेलियाका सबै जनतालाई कोरोना विरुद्धको भ्याक्सिन पुर्‍याउने लक्ष्य लिएको बताएका छन् ।

अष्ट्रेलियामा फाइजर र बायोन्टेक भ्याक्सिन दिन लागिएको हो । अष्ट्रेलियामा प्रत्येक हप्ता ८० हजार नागरिकलाई खोप दिइनेछ भने बिस्तारै यो क्रम पनि बढाउँदै लैजाने तयारी अष्ट्रेलियाले गरेको छ ।

प्रतिक्रिया