Bisal Chautari Logo

युरोपेली संघले कोरोना विरुद्वको मोर्डना खोपलाई दियो अनुमति

- २४ पुष २०७७, शुक्रबार ०९:१५ मा प्रकाशित


एजेन्सी । युरोपेली संघले कोरोना भाइरसविरुद्वको भ्याक्सिन मार्डनालाई प्रयोग गर्न स्वीकृती दिएको छ । यो संगै युरोपेली संघले दोस्रो भ्याक्सिनलाई स्वीकृती दिएको हो । मार्डनालाई युरोपेली संघको ड्रग रेगुलेटरले बुधबार बजारीकरण गर्न स्वीकृती दिएको छ ।

बेलायतमा देखिएको नयाँ स्वरुपको कारोना भाइरसलाई परास्त गर्न दोस्रो भ्याक्सिनलले सजह बनाउन सक्ने कारण मार्डनालाई मान्यता दिइएको जनाइएको छ । युरोपेली संंघले मोर्डनाको एक करोड ६० लाख डोज खरिद गर्ने भएको छ । यस वर्षको जनवरी महिनादेखि सेप्टेम्बर महिनासम्ममा अमेरिकी फर्म मोर्डनाको माग अनुसारको डोज युरोपेली संघलाई दिने प्रतिबद्वता व्यक्त गरेको छ ।

प्रतिक्रिया