Bisal Chautari Logo

तोलामा ६०० ले बढ्यो सुनको भाउ, चार दिनदेखिको घट्ने क्रममा ब्रेक

- २८ पुष २०७७, मंगलवार ०५:४९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं ,२०७७ पौष २८ मंगलवार । 
लगातार चार दिनदेखि सुनको भाउ घट्ने क्रममा आज आज मंगलबार ब्रेक लागेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रूपैयाँले बढेको छ।

यससँगै स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रूपैयाँ पुगेको छ।हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रूपैयाँ कायम भएको थियो।

यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रूपैयाँ कायम भएको छ।सुनको भाउ बढेसँगै चाँदीको मूल्यसमेत २० रूपैयाँले उकालो लागेको छ। महासंघले आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रूपैयाँ कायम गरेको छ।

 

प्रतिक्रिया