Bisal Chautari Logo

घट्यो सुनको मूल्य

- १ माघ २०७७, बिहीबार ०५:४८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं ,२०७७  माघ १ बिहिवार । 
माघ महिनाको पहिलो दिन बिहीवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

बिहीवार छापावाल सुनको मूल्य प्रति तोला ९२ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन (बुधवार) यस्तो सुनको मूल्य प्रति तोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको थियो । अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुनको मूल्यमा ८ सय रुपैयाँले गिरावट आएको हो ।

यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजाबी सुन प्रति तोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया