Bisal Chautari Logo

अनलाइन फुड फेस्ट शुक्रबारदेखि

- २ माघ २०७७, शुक्रबार ०५:१९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०७७   माघ २ शुक्रवार । 
नेपालको सबैभन्दा लोकप्रिय अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले विगत तीन वर्षदेखि नियमित रूपमा आयोजना गर्दै आएको अनलाइन फुड फेस्टिभल यस वर्ष पनि शुक्रबार माघ २ गतेदेखि आयोजना गर्ने भएको छ ।

फुडमाण्डूले प्रविधिमा आधारित नेपालको सबैभन्दा ठूलो फुड फेस्टिभल सन् २०१७ देखि नियमित रूपमा आयोजना गरिरहेको छ, जसमा कम्पनीले उत्कुष्ट खानेकुराका साथै आफ्ना ग्राहकलाई मनोरञ्जनसमेत प्रदान गर्छ ।

एक सातासम्म सञ्चालन हुने अनलाइन फुड फेस्टिभलमा उत्कुष्ट फुड डिलसहित अग्मेन्टेड रियालिटी गेमका साथसाथै पहिलोपटक लाइभ म्युजिकसमेत आयोजना गर्दैछ । सो लाइभ म्युजिक इभेन्टमा ज्योभन भुजु, सञ्जय महत, उज्वलमान श्रेष्ठ, प्रसन्ना अधिकारीलगायतका कलाकारले आफ्नो विशेष परफरमेन्स प्रस्तुत गर्नेछन् ।

फुडमाण्डूको अनलाइन फुड फेस्टिभलमा पहिलोपटक पोखरामा समेत आयोजना हुनेछ । कम्पनीले केही दिनअघि मात्र पर्यटकीय नगरी पोखरामा आफ्नो सेवा विस्तार गरेको थियो । अब भने पोखरेलीले समेत नेपालको सबैभन्दा ठूलो अनलाइन फुड फेस्टको मज्जा लिन सक्नेछन् ।

कम्पनीले वार्षिक रूपमा आयोजना गर्ने अनलाइन फुड फेस्टिभलमा कम्पनीले मोबाइल एप्समार्फत अर्डर गर्ने ग्राहकलाई आकर्षक क्यासब्याकका साथसाथै अधिकतम ५ सयरुपैयाँबराबरको २५ प्रतिशतसम्मको डिस्काउन्स अफर दिनेछ । त्यसैगरी कम्पनीले क्यूआरमार्फत भुक्तानीमा समेत छुटको सुविधा दिनेछ ।

प्रतिक्रिया