Bisal Chautari Logo

सुनको मूल्य चार सय रुपैयाँले बढ्यो

- २ माघ २०७७, शुक्रबार ०५:३६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०७७   माघ २ शुक्रवार ।
आज सुन चार सय रुपैयाँ महंगो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन उक्त दरमा बढेर प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै बिहीबार ९१ हजार ६ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज प्रतितोला ९२ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेको छ। अघिल्लो दिन १२ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज १२ सय ६० रुपैयाँमा कारोबार भएको हो।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस झण्डै १८ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया