Bisal Chautari Logo

कर्मा, भोला र लोकन्द्रसंग चलचित्र क्षेत्रको बारे राज्यले सोच्नै पर्ने विषयमा बहस (भिडियो वार्ता)

- १८ बैशाख २०७९, आईतवार १४:४५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ बैशाख १८ आइतवार । आगामी बैशाख २३ गतेबाट प्रदर्शनमा आउने लागेको चलचित्र ‘षट्कोण’का मुख्य कलाकार कार्म, भोलाराज सापकोटा र लोकेन्द्र लेखकसंग चलचित्र क्षेत्रको बारेमा बिशेष कुराकानी भएको छ । विदेशी फिल्मले हाम्रो भाषा, संस्कृतिमाथी आक्रमण गरिरहेको छ ३ जना कलाकारले नै बताए । कर्मा र भोलाको अनुसार राज्यले नसोच्दा राई, लिम्बु, नेवार, गुरुङ, मगर लगायतका भाषाहरु लोप भैरहेको पनि बताएका ।
त्यस्तै अन्तर्वार्ताको क्रममा चलचित्र षट्कोणको बारेमा पनि आ–आफ्नो क्यारेक्टर र अनुभव पनि बताए । चलचित्र षट्कोण युवाहरुको टिमले बनाएको साइकोलोजिकल थ्रिलर सिनेमा हो । नेपालमा बन्ने अन्य सिनेमाभन्दा केही फरक बिधामा काम गरिएको छ ।

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा आगामी बैशाख २३ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुनेछ । चलचित्रमा कर्मा र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रमा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ ।

भिडियो अन्तर्वार्ता हेर्नुहोस् :-

प्रतिक्रिया